Comments Add Comment

शौचालयमा मोबाइल : बन्नसक्छ पायल्सको समस्या

अहिले अधिकांश होम क्वारेन्टाइनमा छन् । घरमा बस्दा के गर्ने ? धेरैको लागि बाहाना मिलेको छ, मोवाइल । मोबालइलमै तल्लिन भएर कतिपयले दिन कटाइरहेका छन् ।

त्यसो त मोबाइलको प्रयोग कतिसम्म बढेको छ भने हामीलाई शौचालयमा समेत चाहिन्छ । यस्तो लाग्छ मानौं मोबाइल भएन भने दिसा पिसाब नै गर्न सकिदैन । साना बालबच्चाहरुमा जसरी मोबाइल देखाएपछि मात्र खाना खाने प्रवृत्ति देखिदैछ, त्यसैगरी हामीमा मोवाइल बोकेर मात्र शौचालय पस्ने बानी परिसकेको छ ।

अहिलेको व्यस्त जीवनशैली, फास्ट फूड र शारीरिक गतिविधिमा कमी जस्ता कारणहरुले मानिसहरु त्यसै त पाइल्सको जोखिम बढाइदिएको छ । त्यसमाथि शौचालयमा मोबाइल प्रयोग गर्दा जोखिम बरु बढेको छ । किनभने मोबाइल प्रयोग गरिरहँदा शौचालयमा आवश्यक्ताभन्दा बढी समय बिताइन्छ । मानिसहरु ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढि समयसम्म बस्छन् भनिन्छ ।

यसो गर्दा पाइल्स हुने खतरा बढि हुन्छ । त्यसैले शौचालय जाँदा मोबाइल साथमा लानु हँुदैन । मोबाइल मात्र होइन शौचालयमा पत्र–पत्रिका पनि पढ्नु हुँदैन । त्यस्तै कमोड भन्दा पाइन भएको शौचालयको प्रयोग गर्नु राम्रो हुन्छ । यो क्रम नियमित हुँदा त्यसले पायल्सको समस्या निम्त्याउने जोखिम बढ्छ ।

चिकित्सकका अनुसार पहिलाको तुलनामा अहिले पाइल्सको समस्या धेरै व्यक्तिमा देखिन थालेको छ ।

गम्भीर भएपछि मात्र रोगको उपचार गर्न आउछन्

पाइल्स रोगको समस्या भएका व्यक्तिहरु जब यो रोगले धेरै च्याप्छ अथवा स्थिति गम्भीर हुन्छ अनि मात्र चिकित्सककहाँ जाने गरेको चिकित्सकहरु बताउँछन् । प्रायः बिरामीहरु शुरु–शुरुमा उनीहरु झारफुक, अयोग्य व्यक्तिको उपचारमा विश्वास गर्छन् ।

खानपानको असर

चिकित्सकहरुका अनुसार पाइल्स बढ्नुको कारण हाम्रो खानपान र जीवनशैलीमा परिर्वतन हुनु पनि हो । हिजोआज हामी फलफुल खानुभन्दा जुस पिउँछौं । जूसमा फाइबर हुँदैन । हाम्रो शरीरको आन्द्राको नलीमा केवल फाइबर र पानी मात्र जान्छ । फास्ट फूडको बढ्दो प्रयोग र शारीरिक गतिविधि कम हुनाले पानी कम प्यास लाग्छ र हामी पानी पिउन बिर्सन्छांै । जसका कारण कब्जियत हुँदै पाइल्स हुन थाल्छ । त्यसबाट बच्नका लागि फलफुल, तरकारी र धेरै पानी पिउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment