Comments Add Comment

उपत्यकाभर राहत खाद्यान्नको मापदण्ड एउटै हुने

१९ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले वितरण गर्ने राहतको मापदण्ड एकै किसिमको हुने भएको छ ।

बुधबार राहत वितरणबारे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले काठमाडौं उपत्यकामा स्थानीय तहसँग छलफल गरेका थिए ।

छलफलमा स्थानीय तहले संकलन गर्ने तथ्यांकका आधारमा प्रतिपरिवार वितरण गरिने नुन, चामल, चिनी, दाल जस्ता खाद्यान्नको मात्रा एकै किसिमको गर्ने सहमति भएको हो ।

उपत्यकाका स्थानीय तहले ज्‍यालादारी गर्ने मजदुर र विपन्न वर्गका उपभोक्तालाई लकडाउन अवधिमा भएको क्षतिको राहत दिँदा एउटै मापदण्ड बनाउने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

सहमतिअनुसार नगरपालिकाहरुको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्य सामग्री स्थानीय तहलाई उपलब्ध गराउनेछ । त्यसपछि ती सामग्री स्थानीय तहको वडाले संकलन गरेको तथ्यांकका आधारमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment