Comments Add Comment

चीनमा अब मात्रै साढे २ हजार कोरोनाको ‘एक्टिभ केस’ बाँकी

झण्डै चार सयको अवस्था गम्भीर, स्वास्थ्यलाभ गरेर घर फर्किए ७६ हजार

२० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा यसबाट संक्रमित हुने एक्टिभ बिरामीको संख्या दुई हजार छ सय ४० मा झरेको छ । अमेरिका, इटली, स्पेनलगायतका देशहरूमा संक्रमण र मृत्यु दर बढिरहेका बेला चीन त्यसलाई न्यूनीकरण गर्न सफल भएको हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, चीनका ८२ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको लक्षण देखिएको थियो । यीमध्ये तीन हजार तीन सय १६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ हजार ४०५ मानिस स्वास्थ्यलाभ गरेर घर फर्किसकेकाले अब मात्रै दुई हजार छ सय ४० कोरोना संक्रमित बिरामी चीनमा बाँकी छन् । यी सबैको हाल उपचार भइरहेको र चार सय बढीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट इटालीमा सबैभन्दा धेरै १३ हजार एक सय ५५ मानिसको ज्यान गएको छ । त्यहाँ अझै पनि हजारौं संक्रमित कोरोनासँग जुधिरहेका छन् । त्यसैगरी, स्पेन, अमेरिकालगायतका देशहरूमा पनि कोरोना महामारी फैलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment