Comments Add Comment

लकडाउन उल्लङ्घन गर्नेलाई गोली हान्ने फिलिपिनी राष्ट्रपतिको चेतावनी

२० चैत, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले लकडाउन उल्लङ्घन गर्नेलाई गोली हान्ने आदेश दिनसक्ने चेतावनी दिएका छन् ।

इन्साइडरडटकमले उल्लेख गरेअनुसार बुधबार उनले विपक्षी वामपन्थी समूह र अन्य उल्लङ्घनकर्ताप्रति लक्षित गर्दै सरकारलाई चुनौती नदिन चेतावनी दिएमन हुन् ।

उनले अहिले कोरोना भाइरस (कोभिड-१९) को संकट चलिरहेको अवस्थामा सरकारलाई चुनौती दिनेलाई गोली हान्ने आदेश दिन नहिच्किचाउने बताएका हुन् ।

उनले विपक्षी र लकडाउन उल्लङ्घनकर्तालाई मूर्खता नगर्न पनि सुझाएका छन् । लकडाउनमा पक्राउ परेकालाई पनि यो संकट नसकिउञ्जेलसम्म जेलमा राखिने उनले बताएका छन् ।

क्वेजोन सहरमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको माग गर्ने २० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेसँगै डुटेर्टेको यस्तो भनाइ आएको हो । गत मार्च १६ मा फिलिपिन्सको सरकारले मुलुकको आधा जनसंख्यालाई घरमा नै क्वारेन्टाइनमा बस्न निर्देशन जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment