+
+
Shares

चाणक्य नीति :कस्ता व्यक्ति राज्य संचालनका लागि योग्य ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते ११:२३

चाण्क्य चन्द्रगुप्त मौर्यका महामन्त्री थिए, जसले नन्दवंशलाई हटाएर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए ।

कौटिल्यको नामबाट विख्यात उनी तक्षशिला विश्वविद्यालयका आचार्य थिए । चाणक्यद्वारा लिखित ‘अर्थशास्त्र’ एक यस्तो महान ग्रन्थ हो, जसमा राजनीति, अर्थनीति, कृषि, सामाजनीतिको विस्तृत व्याख्या छ । राज्य के हो ? कसरी सञ्चालन हुन्छ ? राज्य सञ्चलन गर्नेसँग के कस्ता गुण आवश्यक हुन्छ ? कस्तो आचरण हुनुपर्छ, उनीहरुको काम र कतव्र्य के हुन् भनी व्याख्या गरेका थिए, जो सर्वकालिन र सर्वमान्य मानिन्छ ।

अहिले हामीकहाँ राजनीति एक कुरुप धन्दाको रुपमा स्थापित भइरहँदा चाणक्यको नीतिशस्त्र स्मरण गर्नु सान्दर्भिक हुन्छ । उनी भन्ने गर्थे, राज्य संचालन गर्नका लागि त्यही व्यक्ति सक्षम हुन्छन् जो बुद्धिमान, सासही, धैर्यवान, संयमी, दूरदर्शी छन् ।

राज्य संचालनका सहयोगीका रुपमा मन्त्री, सचिव, प्रशासनिक एवं न्यायिक पदाधिकारीहरु योग्य, चरित्रवान र विभिन्न कलामा निपूर्ण हुनुपर्ने औंल्याएका थिए । उनीहरु मतिभ्रष्ट, लाचार, धूर्त होइन लोकल्याणकारी भावनाले ओतप्रोत हुनुपर्छ भनेका थिए ।

चाणक्यले भनेको छन्, राज्य संचालन गर्ने व्यक्तिको मूल धर्म हो, सद्विचार र सद्आचरण । जसमा यो दुई गुण छ, उही नै राज्य संचालनको हकदार हुन्छन् । विद्वता, विनयीशिलता र कार्यकुशलता राज्य संचालन गर्नेका लागि आवश्यक गुण हुन् । राज्य संचालन गर्ने व्यक्तिले इन्द्रियमाथि विजय प्राप्त गर्नुपर्छ । इन्द्रियमाथि विजय पाउने आधार विनय र नम्रता हो । विद्वान व्यक्तिप्रति सर्मणबाट विनय प्राप्त हुन्छ । साथै विनयशिलताले अधिकतम कार्य गर्ने निपुर्णता मिल्छ ।

राज्य संचालन गर्नेले आफ्नो कर्तव्यको पालना पूर्ण क्षमताका साथ गर्नुपर्छ । जनतालाई सुखी र समृद्ध तुल्याउनका लागि राज्यका सबै निकायलाई कसरी सञ्चालन गर्ने, कस्तो कार्ययोजना बनाउने भन्ने कुरामा उनको स्पष्ट लक्ष्य हुनुपर्छ । जनताको सुखलाई आफ्नो सुख ठान्नुपर्छ । जनकल्याण र राम्रो प्रशासन व्यवस्थालाई आफ्नो लक्ष्य बनाउनुपर्छ ।

राज्यको अर्थव्यवस्था कसरी बलियो बनाउने, जनतालाई कसरी सुखी र समृद्ध तुल्याउने, सुशासन कसरी कायम राख्ने, न्याय प्रणाली कसरी पारदर्शी बनाउने, सामाजिक सद्भाव कसरी निर्माण गर्ने, राज्यको आय–आर्जन कसरी बढाउने, छिमेकी मुलुकहरुसँग कसरी सुमधुर सम्बन्ध स्थापित गर्ने भन्ने सम्बन्धमा परिपक्क र सन्तुलित चिन्तन एवं व्यवहार गर्न सक्ने खुबी राज्य संचालनका लागि आवश्यक रहेको उनले बताएका छन् ।

राज्य संचालनका सहयोगीका रुपमा रहने मन्त्रीहरु कस्तो हुनुपर्छ भनेर चाणक्यले उल्लेख गरेका छन् । राज्य संचालन गर्ने व्यक्तिको कार्य–योजना सफल बनाउन निपूर्णताका साथ भूमिका खेल्ने, राज्यले गर्नुपर्ने कामको प्राथमिकतालाई छुट्याउन सक्ने, कुनैपनि कामबाट प्राप्त हुने नतिजाको पूर्वानुमान गर्न सक्ने व्यक्ति मन्त्रीका लागि योग्य हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?