Comments Add Comment

कोरोना संक्रमितसँगै आएका नवलपुरका ६ मध्ये २ जनाको मात्र परीक्षण

२० चैत, नवलपरासी । कोरोना संक्रमित यात्रु आएको भनेर पहिचान भएका दुईवटा जहाजमा आएका नवलपुरका ६ जना यात्रुमध्ये दुई जनाको मात्र स्वाब परीक्षण भएको छ । उनीहरु दुवैको परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

स्वास्थ्य प्रमुख चापागाईंले संक्रमित सवार विमानबाट आएका ६ जनामध्ये बाँकी ४ जना पनि निगरानीमा रहेको, तर उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको बताए ।

चापागाईंका अनुसार नवलपुरमा अहिलेसम्म ९ जनाको स्वाब परीक्षण गरिएकामा ९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

‘विमानमा आएका यात्रुमध्ये दुईजना, ती दुई जनाका आफन्त तथा घरका ४ सदस्य, लामो समयदेखि विरामी परेका एक जना र भारतबाट आएका दुई जना गरी जम्मा ९ जनाको हालसम्म परीक्षण गर्दा उनीहरु कसैमा पनि कोरोना देखिएन,’ चापागाईंले भने ।

नवलपुरमा अहिलेसम्म भारतलगायतका विभिन्न देशबाट आएका ७ सय ५५ जनाको पहिचान भए पनि ६५ जना मात्र क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment