Comments Add Comment

देशभर कहाँ कहाँ हुन्छ कोभिड १९ को उपचार ?

२० चैत, काठमाडौं । सरकारले देशका मुख्य शहरसहित सातै प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको उपचार व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचार गर्न देशैभरका अस्पतालहरुको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले जारी गरेको सूची अनुसार काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेका छन् ।

मन्त्रालयले प्रदेशहरुमा पनि कोरोना संक्रमणको उपचार हुने अस्पतालहरुको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेश १ मा मेची अस्पताल र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर अस्पताल र बारा अस्पताल, बागमती प्रदेशमा भक्तपुर अस्पताल र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी अस्पताल र गोरखा अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल र तम्घास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत अस्पताल र दैलेख अस्पताल तथा सुदूरपश्चिम प्रदेशमा सेती अस्पताल र महाकाली अस्पताल रहेका छन् ।

सरकारले सातै प्रदेशभित्र रहेका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट पनि सेवा लिन सकिने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment