Comments Add Comment

स्वस्तिमाको करिअरका लागि सुखद रहेन वर्ष २०७६

नायिका स्वस्तिमा खड्काले गतबर्ष चलचित्र ‘बुलबुल’मा अभिनय गरिन । यो चलचित्रले उनलाई जुन खालको हाइप दियो, त्यो लोभलाग्दो थियो । छोटो समयमा नै स्वस्तिमा नेपाली चलचित्रको आशालाग्दी नायिकाको रुपमा उदाएकी थिइन ।

चलचित्र ‘बुलबुल’बाट उनले यो बर्ष नै ‘राष्ट्रिय चलचित्र पुरस्कार’देखि विदेशमा आयोजना भएका विभिन्न पुरस्कार र अवार्ड जितिन । तर, एउटा चलचित्रले दिएको उचाइबाट रमाउन जति सजिलो छ, त्यसलाई बचाउन सजिलो भने छैन । स्वस्तिमाले यो बर्ष यो कुरा पनि वुझिन होला ।

‘बुलबुल’पछि स्वस्तिमालाई चलचित्रको अफर खुबै आए । उनले यो बर्ष दुई चलचित्रमा काम गरिन । ‘हजार जुनी सम्म र घामड शेरे’मा काम गरेकी उनले दुबै चलचित्रबाट गतिलो समिक्षा पाइनन ।

चलचित्र बक्स अफिसमा चिप्लियो । चलचित्र नचल्नु र कलाकारको कामको चर्चा हुनु फरक कुरा हो । दुबै एकसाथ भैदिएको खण्डमा सुनमा सुगन्ध नै हुन्छ ।
तर, न त यी दुई चलचित्रबाट उनले तारिफ नै पाइन, न त दुबै चलचित्रले कमाई नै गरे ।

‘बुलबुल’बाट पाएको हाइप उनले यो बर्ष बचाउन सकिनन । आउँदो बर्ष ‘चपली हाइट’को तेश्रो सिरिज रिलिज हुनेछ । उनले नयाँ चलचित्र साइन गरेकी छैनन । अब, स्वस्तिमाले चलचित्र साइन गर्दा ध्यान दिनुपर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment