Comments Add Comment

ईश्वर पोखरेल र भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

२० चैत, काठमाडौं । चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार उजुरी दिएका हुन् ।

उजुरीमा उपप्रधानमन्त्री तथा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकहरूलाई विपक्षी बनाइएको छ ।

ओम्नी समूहसँग सामान खरिदका लागि भएको सम्झौता बुधबार खारेज भइसकेको छ । ओम्नीसँग सरकारले एक अर्ब भन्दा बढी मूल्यको सामान ल्याउने सम्झौता गरेको थियो । १० प्रतिशत सामान आइसकेपछि सम्झौता खारेज गरेर सरकारले जीटुजीमार्फत सामान खरिद गर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment