Comments Add Comment

बेल्जियम बन्यो लिग अन्त्य गर्ने पहिलो देश, क्लब ब्रुगलाई च्याम्पियन बनाइने

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस महामारीको ठूलो असर विश्व खेलकुद क्षेत्रमा परेको छ । त्यही कोरोना भाइरसको कारण युरोपियन राष्ट्र बेल्जियमको शीर्ष श्रेणीको लिग रद्ध हुने भएको छ ।

बेल्जियमको प्रो लिग कोरोनाको कारण रद्ध हुन लागेको युरोपको पहिलो लिग हो । अंक तालिकामा अहिले शीर्ष स्थानमा रहेको आधारमा क्लब ब्रुगलाई च्याम्पियन घोषणा गरिने भएको छ । अंक तालिकामा क्लब ब्रुग दोस्रो स्थानको जेन्टभन्दा १५ अंकले अघि छ ।

लिगको बोर्ड डिरेक्टरले यस्तो निर्णय गरेको हो । यसलाई जेनेरल एसेम्बलीमा लैजाने प्रस्तावसमेत गरेको छ । अब १५ अप्रिलमा आधिकारिक रुपमा यसको घोषणा हुनेछ र रेलिगेसन प्रमोसनलगायत विषयमा पनि छलफल हुने भएको छ ।

बेल्जियमको लिग स्थगित हुनुअघि एक महिनाको रेगुलर सिजन बाँकी थियो । प्लेअफलगयत खेल पनि बाँकी थियो, जसले शीर्ष स्थानको छिनोफानो हुने थियो ।

जुन ३० पछि खेल निरन्तर गर्ने सम्भावना कम रहेको भन्दै बोर्ड डिरेक्टर्सले सर्वसम्मत रुपमा निर्णय गरेको स्टेटमेन्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment