Comments Add Comment

एट्लेटिको मड्रिड खेलाडीको ७० प्रतिशत तलब कटौती गर्न तयार

काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ । यसअघि नै अर्को स्पानिस क्लब बार्सिलोनाले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरिसकेको छ ।

एट्लेटिकोले आफ्नो क्लबको ४ सय ३० कर्मचारीलाई तलब वितरण गर्न खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको हो ।

एट्लेटकोले विज्ञप्ति जारी गर्दै क्लबको अन्य स्टाफलाई सहयोग गर्न एट्लेटिकोको पुरूष र महिला सिनियर टिमसँगै एट्लेटिको बी टिम तथा प्रशिक्षक तलब कटौती गर्ने सहमत भएको जनाएको छ ।

यसका लागि क्लबको फस्ट टिमले आवश्यक रकमको आधा रकम सहयोग गर्ने र क्लब व्यवस्थापनमा रहेका सदस्य, सीईओ र अन्य निर्देशकहरूले आधा रकम बराबरको योगदान गर्ने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment