Comments Add Comment

पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

२१ चैत, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो । र, भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङलेअनलाइनखबरसँग भने, ‘पहिलो रिपोर्ट पोजेटिभ आएको छ र थप परीक्षणका लागि टेकु पठाइएको छ ।’

अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो ।

त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि बिहीबार उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment