+
+

कालीमाटी तरकारी बजारको खुद्रा पसल हटाइने, मोटरसाइकल प्रवेशमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १७:३८
अनलाइनखबर फाइल

२१ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारभित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाइएको छ ।

तरकारी खरिदका लागि मानिसको भिड अत्यधिक भएपछि व्यवसायीहरुसँगको सहमतिमै ६५ वटा पसल बन्द गर्ने निर्णय भएको बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

बजार व्यवस्थित गर्नेबारे शुक्रबार जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, व्यापारिक संघ, संस्थासहितको छलफलमा बन्द गर्ने सहमति भएको पौडेलले बताए ।

अब शनिबारदेखि बजारभित्र दुईपांग्रे सवारीसाधन प्रवेश गराउन पाइनेछैन भने खुद्रा ग्राहक बजारमा किनमेल गर्न पाउने छैनन् ।

‘खुद्रा पसलका कारण बजारमा अत्यधिक भिड भयो लकडाउनको अर्थ भएन, बजार व्यवस्थित गर्न शनिबारदेखि खुद्रा बजार र किसान बजार बन्द गर्ने निर्णय गरेके छौँ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

बैठकले बजारभित्र थोकका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायीलाई पनि ठूला प्याकेजिङमा मात्रै बिक्री गर्न आग्रह गरेको छ ।

लकडाउनका कारण चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?