+
+
Shares

सीके राउतले गरे मोदीको नक्कल, ताली र शंख बजाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २०:४१

२१ चैत, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन राउतले आग्रह गरेका हुन् ।

प्रत्येक बैशाख २ गते तराई मधेसका जिल्लामा जुडशीतल पर्व मनाउने चलन छ । सो दिन बिहान ७ बजे ७ मिनेटसम्म एकता प्रदर्शन गर्न राउनले आह्वान गरेका हुन् । यो एकता कोरोनाविरुद्ध लड्नमा अग्रणी भूमिका खेलिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद समेत हुने राउतले बताएका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा भारतीय जनताले यसैगरी एकता प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?