+
+

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

मास्क र स्कार्फ लगाउन अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २१:५०

२१ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या ६ हजार नाघेको छ ।

चीन, इटली, स्पेनपछि कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय बढी संक्रमितको ज्यान गएपछि कुल मृतकको संख्या ६ हजारमाथि पुगेको हो ।

अमेरिकाका उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फौसीले मृतकको संख्या ६ हजार नाघेसँगै त्यहाँका सबै राज्यबाट घरभित्रै रहने आदेश जारी हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकामा कोरोना संक्रमणदर उच्च बने पनि त्यहाँका राज्यहरूले अलगअलग नियम बसालेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो नागरिकलाई मास्क र स्कार्फ लगाउन अपिल गरेको छ । संक्रमणदर उच्च बनेसँगै अमेरिकाले सतर्कता अपनाउन आफ्ना नागरिकहरूलाई अपिल गरेको हो ।

यद्यपि, यो नियम बाध्यकारी भने छैन । बीबीसीका अनुसार, राष्ट्रपति ट्रम्पले मास्क र स्कार्फ अनिवार्य नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?