२१ चैत, काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९)ले अहिले सबैभन्दा प्रभावित बनेको छ, इटली । १० हजारभन्दा बढी मानिसको त्यहाँ मृत्यु भइसकेको छ । कोरोनाले गर्दा विश्व खेलकुद पनि ठप्प छ ।
इटालीमा पनि सम्पूर्ण खेलकुद गतिविधि अहिले रोकिएको छ । सिरी ए यसअघि नै अनिश्चित कालका लागि स्थगित गरिएको थियो । तर, अहिले फुटबल सुरु गर्ने अवस्था छैन । त्यसैले त्यहाँको लिग अनिश्चित बनेको छ ।
इटालीको शीर्ष डिभिजनको फुटबल लिग सिरी ए कोरोना भाइरसको पूर्ण रुपमा निर्मुल भएपछि मात्र सुरु हुने भएको छ ।
सिरी ए र इटालियन प्लेअर एसोसिएसन एआइसीबीच शुक्रबार भएको छलफलबाट कोरोना नरोकिएसम्म लिग नगर्ने निर्णय गरिएको हो । यसअघि मेमा लिग फेरि सुरु गर्ने लक्ष्य लिइएको थियो । तर, शुक्रबारको छलफलपछि अब त्यो पनि टरेको छ ।
इटालीमा कोरोनाका कारण १४ हजार छ सयको मृत्यु भइसकेको छ भने एक लाख बढी संक्रमित छन् ।
खेलाडी र त्यसमा संलग्न सबैको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य अवस्था सहज भएपछि मात्र खेल गतिविधि फेरि सुरु गर्ने सिरी ए को स्टेटमेन्टमा उल्लेख छ ।
सिरी ए मा २६ खेल सकिँदा लाजियोलाई एक अंकले पछि पार्दै युभेन्ट्स शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4