Comments Add Comment

कोरोना भगाउन भन्दै रुसी धर्मगुरुले गरे सहर परिक्रमा

२२ चैत, काठमाडौं । रुसको एक प्रभावशाली चर्चका प्रमुखले कोरोनाभाइरस भगाउने भन्दै मस्कोको सहर परिक्रमा गरेका छन् ।

अर्थोटक्स चर्चका प्रमुख प्याट्रिआर्क किरिल शुक्रबार दिउँसो एक धार्मिक चिह्न लिएर सडकमा निस्किँदा उनलाई साथ दिँदै ठूलो सङ्ख्यामा कारहरूको पनि ताँती लाग्यो । भर्जिन म्यारीको मूर्ति हातमा लिएर उनले एक सय नौ किलोमिटर यात्रा गरे । अन्त्यमा मूर्तिलाई मस्कोको एक क्याथेड्रल पु¥याइयो र प्रार्थना सभा आयोजना गरियो ।

सभामा आफूले कोरोनाभाइरस महामारी छिट्टै अन्त्य होस् भन्ने कामना गरेको किरिलले बताए । साथै उनले रुसी जनतालाई सरकारले जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पालना गर्न पनि आग्रह गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

मस्को गत सोमबारदेखि लकडाउनमा छ ।

रुसमा हालसम्म चार हजारभन्दा बढीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ भने ३४ जनाको ज्यान गएको छ ।

यसअघि पनि केही पादरीहरूले भर्जिन म्यारीको मूर्ति लिएर जहाज र हेलिकप्टरमा उड्दै भाइरसबाट मुक्तिका लागि प्रार्थना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment