Comments Add Comment

आफ्ना नागरिक लिएर उडे ३ विदेशी जहाज

२२ चैत, काठमाडौं । शनिबार युरोपेली युनियनअन्तर्गत विभिन्न मुलुकका ६ सय ८ जना यात्रुसहित दुई जहाज युरोपका लागि उडेका छन् । त्यसमध्ये जर्मनीले एउटा जहाज चार्टर्ड गरेको हो भने फ्रान्सले अर्को जहाज चार्टर्ड गरेको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार, कतार एयरवेजका दुईवटा जहाज ३ सय ३ र ३ सय ५ गरी कूल ६ सय ८ जना यात्रु लिएर युरोप उडेका छन् । यी दुई जहाजमध्ये एउटा फ्रान्स जानेछ भने अर्को जर्मनी जानेछ । शनिबार नै मलेसिया र सिंगापुरका गरी कुल ६६ यात्रु बोकेर मालिन्दो एयरको जहाज क्वालालाम्पुर उडेको छ ।

चेक रिपब्लिका नागरिक लिन चेक एयरको जहाज पनि काठमाडौं आइसकेको छ । यो जहाज अहिले चेकइनको प्रक्रियामा रहेको विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं बाहिर रहेका यात्रुलाई काठमाडौंमा ल्याइसकेपछि अहिले सम्बन्धित मुलुकले जहाजको प्रवन्ध गरी यात्रुलाई सम्बन्धित मुलुकमा फर्काइरहेका छन् ।

नेपालस्थित फ्रान्सेली दूतावासका आज फ्रान्सका १७९ जनासहित अन्य १२४ युरोपेली युनियनभित्रका यात्रु बोकी एक जहाज पेरिसतर्फ उडेको हो ।

शनिबारपछि हरेक दिनजसो मुलुकहरुले जहाज चार्टर्ड गरी आफ्ना नागरिकलाई स्वदेश फर्काउने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment