+
+

कोरोनाबाट सार्क राष्ट्रमा १६० को मृत्यु, ७ हजार संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते ११:१५

२३ चैत, काठमाडौं । विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ ।

भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, यहाँ हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।

भारतपछि कोरोनाको दोस्रो प्रभावित मुलुक बनेको छ, पाकिस्तान । यहाँका २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ मानिसको ज्यान गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानले सतर्कताका विभिन्न उपायहरू बढाएको छ ।

कोरोनाले बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

सार्क राष्ट्रहरू मृत्यु संक्रमित
भारत ९९ ३५८८
पाकिस्तान ४१ २८१८
बंगलादेश ७०
अफगानिस्तान २९९
श्रीलंका १६६
माल्दिभ्स १९
नेपाल
भुटान
जम्मा १६० ६९७४

स्रोत : जोन हप्किन्स विश्वविद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?