Comments Add Comment

सैनामैनाका दुई हजार परिवारलाई राहत वितरण

२३ चैत, बुटवल । लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई सैनामैना नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाले ११ वटै वडाका दुई हजार आठ परिवारलाई पहिलो चरणको राहत बाँडेको हो ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई चामल, दाल, चिउरा, खाने तेल र साबुन बाँडिएको मेयर चित्रबहादुर कार्कीले जानकारी दिए ।

विपद तथा प्रकोप व्यवस्थापन कोषबाट गरिएको राहत वितरणबाट नगरभित्रका सात हजार ३८१ जना लाभान्वित भएका कार्कीले बताए ।

११ वडाका लागि १२० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल नुन, १२ सय लिटर तेल र १२ सय थान साबुन वडा कार्यालयमार्फत बाँडिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बजार अनुगमन 

सैनामैना नगरपालिकामा रहेका निजी मेडिकल तथा क्लिनिक, अत्यावश्यक दैनिक पसल, ग्याँस विरण केन्द्र खुला राख्न नगरपालिकाले नियमित अनुगमन गरेको छ ।

नगरपालिकाकी उपमेयर विना रानाको नेतृत्वमा उपभोक्ता हित संरक्षण मञ्च, सैनामैना ब्यापार संघ, सैनामैना उद्योग वाणिज्य संघ, प्रहरीलगायतको सहभागितामा अनुगमन गरिँदै आएको पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment