Comments Add Comment

कनिकाको कोभिड–१९ को छैटौं रिपोर्ट नेगेटिभ

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।

उनै, कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर मान्नुपर्ने अवस्था नभएको बताउँदै आएका थिए ।

तर, अब कनिकाको छैटौं रिपोर्ट भने नेगेटिभ आएको छ । योसँगै उनका आफन्त खुशी भएका छन् । तर, कनिकालाई अहिले नै डाक्टरले डिस्चार्ज भने दिने छैनन् । किनकी, कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटिभ आउनुपर्छ ।

कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ । ४८ घण्टाको अर्को परीक्षण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment