Comments Add Comment

पूर्वप्रधानमन्त्रीहरुसँग देउवाको टेलिफोन संवाद

२३ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका छन् ।

देउवाले आइतबार देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेका थिए । यो कुराको जानकारी देउवाले ट्वीटरमार्फत् दिएका छन् ।

पूर्वप्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भने, ‘कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन गम्भीर भएर अघि बढ्नेबारे कुराकानी भएको हो । यस विषयमा केही दिनमै बैठक बसेर विस्तृतमा छलफल गर्ने कुरा भएको छ ।’

कांग्रेस सभापति देउवाले नेकपा अध्यक्षसमेत रहेका प्रचण्डसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताएका थिए । सरकारले गर्ने त्यस काममा कांग्रेसले सहयोग गर्ने पनि देउवाले दोहो¥याएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment