Comments Add Comment

काममा फर्कन श्रमिकले मागे बिमा र सुरक्षा प्रत्याभूति

२३ चैत, काठमाडौं । अत्यावश्यक उद्योगको काममा खटिने श्रमिकहरुलाई स्वास्थ्य बिमा र सुरक्षा प्रत्याभूति गर्न ट्रेड युनियन संगठनहरुले आग्रह गरेका छन् ।

लकडाउनको समयमा सो क्षेत्रमा खटिने श्रमिकलाई काममा फर्काउनेबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार भएको छलफलमा मजदुर नेताहरुले यस्तो माग गरेका हुन् ।

मजदुर संगठनले काममा र्फकने श्रमिकलाई उद्योगले खाने बस्ने राम्रो प्रबन्धसहित उद्योग परिसरमै क्वारेन्टाइनमा राख्नु पर्ने तथा उद्योगभित्र आवश्यक सुरक्षाका उपकरणहरु उपलब्ध गराइनु पर्ने पनि माग गरेको छ ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक उद्योग सञ्चालन मुलुकका लागि जरुरी भएको भन्दै श्रमिकलाई काममा र्फकन आहृवान गरिदिन ट्रेड युनियनका नेताहरुलाई आग्रह गरेका थिए ।

श्रमिकको सुरक्षाको विषयमा सरकारले आहृवान गरिसकेको जनाउँदै मन्त्री भट्टले बिमाको विषयमा छलफल गरिने बताएको मन्त्रालयले जनाएको छ ।

औषधि र अत्यावश्यक खाद्य वस्तु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिकलाई काममा फर्काउन मन्त्री भट्टले जोड दिएका थिए ।

छलफलमा नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियमन कांग्रेेस, अखिल नेपाल ट्रेड युनियन महासंघ, मधेशी ट्रेड युनियन महासंघसहितका नौ वटा श्रमिक संगठनका नेताको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment