Comments Add Comment

ट्रम्पले भारतसँग मागे औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग सो आग्रह गरेका हुन् ।

बीबीसी हिन्दीका अनुसार मेडिकल विशेषज्ञले भने यो औषधि कोरोना भाइरसको उपचारमा सहयोगी हुने कुनै प्रमाण नपाइएको बताएका छन् ।

भारत यो औषधिको लागि विश्वको सबैभन्दा ठूलो निर्माता हो । तर, अहिले भारतले यो औषधि निर्यातमा रोक लगाइसकेको छ । भारतले कोरोना भाइरस आफ्नो मुलुकमा तीव्र गतिमा फैलिएको खण्डमा यसको आवश्यकता पर्न सक्ने भन्दै यसको निर्यातमा रोक लगाएको हो ।

‘अमेरिकाको सबैभन्दा कठिन समय आउँदैछ’

ट्रम्पले अबको केही दिनमा अमेरिकामा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु हुने बताएका छन् । उनले आगामी दुई साता अमेरिकाको लागि निकै कठिन हुन सक्ने बताएका हुन् ।

अहिले अमेरिकामा यो भाइरसको संक्रमितको संख्या तीन लाख १२ हजार नाघिसकेको छ । यसबाट साढे आठ हाजार नाघिसकेको छ । मृत्यु हुनेमध्ये दुई हजार छ सय ६४ जनाको मृत्यु न्युयोर्कमा भएको छ ।

ट्रम्पले सञ्चारकर्मीसँगको नियमित कुराकानीमा सबैभन्दा बढी प्रभावित राज्यलाई चिकित्सकीय र सैन्य सहयोग दिइने आश्वासन दिएका छन् । ट्रम्पले मुलुकमा महिनौंसम्म लकडाउन जारी राख्न नचाहेको बताएका छन् । उनले इस्टर पर्वको क्रममा सामाजिक दूरीको दिशानिर्देशमा केही छुट दिने संकेत पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment