Comments Add Comment

खानपानको कुरा : फलफूल कि जुस ?

गर्मी लागेको छ । घरभित्रै बस्नुपरेको छ । तिर्खा मेट्न, स्वस्थ्य रहन र दिन कटाउनका लागि पनि कतिपयले फलफूलको जुस बनाएर सेवन गरिरहेका होलान् ।

फलफूल खाने कि फलफूलको जुस ? यो आफ्नो रुची र स्वादमा भर पर्छ । धेरैजसो फलफूललाई जुस बनाएर सेवन गर्न सकिन्छ । कतिपय अवस्थामा ताजा जुस निकै लाभदायक हुन्छ । पिउनलाई छिटो र छरितो पनि ।

तर, फलफूलको विकल्पमा जुसको सेवन उपयुक्त नहुने बताइन्छ । जस्तो अंगुर खानुभन्दा अंगुरको जुस बनाएर खानु ठीक हुन्छ भन्ने सोचाई छ भने त्यो सही नहुन सक्छ । साथै अत्याधिक मात्रामा जुसको सेवन समेत स्वास्थ्यका लागि उचित छैन । भलै त्यो ताजा फलफूलकै किन नहोस् ।

जब हामी फलफूललाई पेलेर जुस बनाउँछौं, सोही तरल पदार्थ पिउँछौं । यसले फलफूलबाट जस्तो स्वास्थ्य लाभ भने मिल्दैन । किन ? बुँदागतमा रुपमा यसको कारण पहिल्याउन सकिन्छ ।

फाइबर मिल्दैन

फलफूललाई जुस बनाइरहँदा फलफूलमा रहेको फाइबर अलग हुन्छ । जुसमा फ्रुक्टोस र केही भिटामिन मात्र बाँकी रहन्छ । यसको अर्थ फलफूलमा रहेको सम्पूर्ण पोषक तत्व हामीले प्राप्त गर्दैनौं ।

फलफूलमा प्रकृतिक चिनी

फलफूलमा प्राकृतिक रुपमा चिनी हुन्छ । सन्तुलितमात्रा खाएमा फलफूलमा पाइने चिनीले स्वास्थ्यमा खासै हानी गर्दैन । विशेषगरी, कुनै पनि फलफूल सेवन गर्दा त्यसमा रहेको फाइबर पनि फ्रुक्टोससित मिलेर शरीरमा पुग्ने गर्दछ । यसलाई टुक्रन तथा रगतमा घुलिन केही समय लाग्न सक्छ । तर, जुस पिउँदा यी सिलसिलाबद्ध प्रक्रिया हुन पाउँदैन ।

जुसको सोझो असर 

फलफूलको जुसको सेवन गर्दा फ्रुक्टोस तिव्र रुपमा हाम्रो रगतमा घोलिने गर्दछ । जसले गर्दा रगतमा चिनीको मात्रा अचानक बढेर हाम्रो अग्नाशयले इन्सुलिन नामक हर्मोनको स्राव गर्न थाल्दछ । जसले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ । यो प्रकृया लगातार भएमा टाइप २ मधुमेहको जोखिम उच्च हुने गर्दछ ।

विशेषज्ञहरुका अनुुसार फलफूलको जुस रगतमा तिव्र रुपले घोलिएमा शरीरमा चिनीको मात्रा अचानक तरीकाले बढ्ने गर्छ ।

जब जुस र सागसब्जीको सन्तुलन मिलाइन्छ ।

यदि उक्त जुसमा केही सागसब्जीको जुस मिलाएमा भने यसले शरीरलाई थप फाइदा पु¥याउँछ । किनकी यस्ता जुस रगतमा सुस्त गतिमा घोलिन्छ । जसले गर्दा चिनीको मात्रा अचानक बढ्न पाउँदैन ।

जुस कति पिउने ?

हामीकहाँ उखान छ नि, अतिले खति । धेरै खायो भने औषधि पनि विष । यो सर्त फलफूलको जुसमा पनि लागु हुन्छ ।

अत्याधिक मात्रामा फलफूलको जुस सेवन गर्नाले मोटोपनाको जोखिम पनि निम्तिन सक्छ । विशेषगरी, यसमा रहेको फ्रुक्टोसका कारण शरीरमा क्यालोरीको मात्रा बढ्ने गर्छ ।

विश्व स्वास्थ्य संगठनको  मापदण्ड एक सय ५० मिलिलिटर जुस लिएमा भने शरीरलाई खासै हानी हुँदैन । फ्रुक्टोसयुक्त फलफूलको रसको नियमित सेवनले रगतमा चिनीको मात्रा सन्तुलित रहने गर्दछ । तर त्यसको लागि रसको मात्रा एक सय ५० भने कायम रहनु पर्दछ ।

जुसको तुलनामा फलफूल उपयुक्त

फलफूलको रसको तुलनामा फलफूल खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ भने यसलाई पानीको सट्टा सेवन गर्नु हानीकारक मानिन्छ ।

र, कुनै पनि फलफूलबाट रस निकाल्दा पाकेको फलफूल लिनु पर्छ । हुन त प्रत्येक फलफूलको आ–आफ्नै विशेषता हुन्छ, कसैको ब्रोकामा धेरै पोषक तत्व हुन्छ भने कसैको गुदीमा  ।

जुसबाट शरीरलाई चाहिने सबै  आवश्यक पोषक तत्व प्रदान हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । कयौ पटक यस्ता जुसमा चिनीको घोलभन्दा अरु केही हुदाँ पनि हुँदैन । किनकी फलफूलको अन्य भागमा पनि कयौ प्रकारका पोषक तत्व हुन्छ, जुन रस निकाल्ने क्रममा स्वत नष्ट हुन्छ ।

फलफूल सेवन गर्दा त्यसमा रहेको फाइबर (रेशा) त शरीरले प्राप्त गर्छ नै । साथमा, त्यसमा रहेको भिटामिन, मिनरल्स तथा फ्रुक्टोसले पनि शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment