+
+
Shares

मुसिकोटमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १०:५०

१८ कात्तिक, गुल्मी । बैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमा पर्वको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाको वडानम्बर-५ को कुर्घामा मालिका देवीको दर्शन गरी चिच्चाएर वर माग्ने मेला सदीयौंदेखि लग्दै आएको छ ।

मेलाको अवसरमा नगरपालिकाले आज मातहत रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायहरू बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले बताए ।   मालिका पूर्णिमा धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्वको पर्व हो ।

यस दिन मालिका देवीको मन्दिरमा पूजाअर्चना, व्रत तथा वली, दीपदान गर्ने परम्परा रहिआएको छ ।

मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाँची लगायतका विभिन्न स्थानहरुबाट आज बिहानैदेखि शदालु भक्तजनहरु कुर्घा पुग्ने गरेका छन् ।

मेलाको अवसरमा आज रातभर जागाराम बसेर भोलि बिहान उज्याले नहुँदै पूजा गर्ने प्रचल रहि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?