Comments Add Comment

भारतबाट फर्केका वडाअध्यक्षलाई क्वारेन्टाइनमा बसाइयो

२४ चैत, जनकपुरधाम। एक महिनापछि भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगेन्द्र पाठकलाई क्वारेन्टाइनमा राखिएको छ ।

पाठक भारतबाट करिब एक महिनापछि शनिबार राति आफ्नो घर फर्केका थिए । कोरोना संक्रमण फैलिन नदिन लक डाउन लगाएको अवस्थामा उनी शनिबार राति लुकेर घर आएपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

उनलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि उनी आफैं सोमबार बिहान क्वारेन्टाइनमा बस्न तयार भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले बताए ।

उनलाई जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

वडा अध्यक्ष पाठक पछिल्लो एक महिनादेखि भारतको बिहार राज्यअन्तर्गत मधुवनीमा बस्दै आएका थिए ।

लकडाउनको समयमा उनी सिधैं आफ्नो घर आएर गाउँमा हिँडडुल गर्न थालेपछि स्थानीयहरु त्रसित हुँदै उनको स्वास्थ्य परीक्षण गराइदिन प्रहरी र गाउँपालिका अध्यक्षसँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment