Comments Add Comment

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्यालको पदबहाली

२४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन १८ गते बसेको बैठकले उनलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यसअघि उनी नेपाली महावाणिज्य दूतावास कोलकत्तामा महावाणिज्य दूत थिए । २०४६ सालमा प्रशासन सेवातर्फ नायवसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिवहुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका हुन् । २०७२ सालको महाभूकम्पका समयमा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले चुस्त सेवा र भ्रष्टाचार शून्य सहनशीलता आफ्नो प्रमुख बाटो भएको बताए ।

‘जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित गराउन चाहन्छु । यसका लागि मैले मेरो टिमबाट सकारात्मक पृष्ठपोषणको अपेक्षा गरेको छु,’ उनले भने,’विपत्तिको अवस्था छ, समन्वय र कार्यकुशलताले यसलाई सजिलै व्यवस्थापन गर्नुपर्छ ।’

उनले महानगरपालिकाका १८ सय बढी कर्मचारीको नेतृत्व गर्न तयार रहेको उल्लेख गरे । ‘जनतालाई आपत परेको बेला हामी सबैको घरमा पुगेको अनुभूति हुनुपर्छ । काठमाडौंले अरुलाई सिकाउनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment