
२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ युएईका युवराज शेख महोम्मद विन जायद अल नह्यानसँग टेलिफोन संवाद गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिरहेका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा युवराजसँग जिज्ञासा राखेको जानकारी आफ्नो टि्वटर ह्यान्डलबाट दिएका छन् ।
प्रधानमन्त्रीसँग कुराकानीमा त्यहाँका युवराजले नेपालीहरु इमान्दार र परिश्रमी रहेको बताएका थिए ।
‘उनीहरुले युएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु, ढुक्क रहनुहोस् नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छाैं,’ युवराजको भनाइ उदृत गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।
यूएइमा अहिलेसम्म ११ जना नेपाली कोरोना संक्रमित भएका छन् । त्यसमध्ये दुई जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4