Comments Add Comment

नवनियुक्त गभर्नरले सम्हाले कार्यभार

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । लगत्तै उनले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् ।

मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराएका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । मंगलबार राष्ट्र बैङ्कमा गभर्नरको कार्यभार सम्हाल्दै उनले भने, ‘जहाँ भुङ्ग्रो छ त्यहीँ म पुग्छु ।’ कोरोना भाइरस संक्रमणका कारण विश्व प्रभावित भइरहेको विषम परिस्थितिमा गभर्नरको नेतृत्व दिएकोमा उनले सरकारलाई धन्यवाद दिए ।

गभर्नरले प्रधानन्यायाधीश वा उनले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंक ऐन, २०५५ को दफा १०८ मा छ । त्यही प्रावधानअनुसार, गभर्नर अधिकारीले सपथ लिएका हुन् ।

सपथलगत्तै अधिकारीले आजै आफ्नो जिम्मेवारी सम्हालेका छन् । राष्ट्र बैंकको कार्यालय, बालुवाटार पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment