+
+

भारतद्वारा सिटामोलबाहेक २४ प्रकारका औषधिको निर्यात फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १५:०९

२५ चैत, वीरगञ्ज । भारत सरकारले सिटामोल बाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गरेको छ ।  विदेश व्यापार महानिर्देशनालयले सोमबार एक सूचना जारी गर्दै २४ प्रकारका औषधि र तिनको कच्चापदार्थ निर्यातमा प्रतिबन्ध फुकुवा गरेको हो ।

विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बि १, भिटामीन बी ६, भिटामिन बि-१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिहरुको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको हो ।

औषधि र यसका कच्चा पदार्थ निर्यात गर्ने भारत सरकारको निर्णय मन्त्रालयले नोटिसमा आएको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए । भारतको निर्णय भन्सारको जानकारीमा आएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

पारासिटामोल बाहेक अन्य औषधि निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको जानकारी आफूले पाएको नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष एवम् मारुती फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रभात रुगंटाले बताए ।

पारासिटामोल र उक्त समूहमा पर्ने दुई प्रकारका औषधिको प्रतिबन्ध कायम राख्दै सोमबार यस्तो निर्णय भएको समाचार संस्था बुल्मबर्गले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमलाईए मध्यनजर गर्दै भारतले गत मार्च ३ मा विभिन्न २६ किसिमका औषधि र त्यसको कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

भारतले प्रतिबन्ध फुकुवा गरेको औषधिहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?