Comments Add Comment

अहिलेका बालबच्चामा किन चाँडै यौन परिपक्कता ?

अहिलेका धेरैजसो बच्चामा स्वभाविक उमेरभन्दा अगाडि नै यौन परिपक्कता देखिन्छ । अर्थात उनीहरुको यौनाङ्गको विकास, मासिक श्राव, स्तनको विकास आदि चाडै हुन थालेका छन् । जस्तो विगतमा १३ वा १४ बर्षपछि मात्र बालिकाको मासिक श्राव सुरु हुन्थ्यो । अहिले ८ वा १० बर्षभित्र मासिक श्राव हुनसक्छ । यौनाङ्गहरुको विकास पनि त्यही अनुसार भएको छ । नेपालमा मात्र होइन, विश्वकै बालबालिकामा यस्तो परिवर्तन देखिदैछ । आखिर किन उनीहरुमा चाडै यौन परिपक्कता देखिदैछ ?

यसमा एउटा मात्र कारण छैन । जलबायु परिवर्तनको प्रभावदेखि, खानपान शैली र यौनजन्य सामग्रीमा उनीहरुको पहुँच जस्ता अनेक कारण छन् ।

यसले के फरक पार्छ त ?

जटिलता यही प्रश्नमा छ । सामान्यत स्वभाविक उमेर भन्दा कम समयमै यौन परिपक्ता आउनु खास समस्या होइन । समस्या के हो भने, शारीरिक रुपमा जसरी यौन परिपक्कता देखिदैछ त्यस अनुपात मानसिक रुपमा उनीहरु परिपक्क छैनन् । अर्थात उनीहरुमा भइरहेको परिवर्तनलाई आत्मसात गर्न र स्वीकार्नका लागि उनीहरु तयार छैनन् ।

यसले उनीहरुमा मानसिक समस्या थपिदिएको छ । साथै यौन विकृती समेत निम्त्याएको छ ।

उदाहरणका लागि पछिल्ला केही घटनाहरु काफी छन् । हामीले विभिन्न माध्यामबाट सुन्दै र पढ्दै आइरहेका छौं कि साना बालबच्चाहरुमा यौन कृत्यको घटना । १२, १३ बर्षका बालकहरु आफ्नै उमेरकी बालिकामाथि यौन कृत्य गर्न तम्सिएका उदेगलाग्दो घटना सुनिने गर्छ । बालबालिकामा यौन परिपक्कताले निम्त्याएको एउटा खतरा हो यो ।

यौन मनोविज्ञहरुका अनुसार अहिले विश्वव्यापी रुपमै बच्चाहरुमा यौनिक परिपक्ता बढ्दै गएको पाइन्छ । यसले अभिभावकमा सुरक्षाको दवाब बढाइदिएको छ । आफ्ना बालबच्चा उनीहरुकै सहपाठीबाट असुरक्षित हुनसक्छन् भन्ने कुरामा सर्तक बन्नुपर्ने अवस्था छ ।

कारण के होला ?

यस किसिमको परिवर्तनको पछाडि विश्वव्यापी बढ्दै गएको ग्लोबल वार्मिङदेखि विद्युतिय उपकरणको प्रयोगबाट उत्सर्जन हुने विकिरणले यसमा भूमिका खेलेको बताइन्छ ।

अहिले बच्चाहरुको खानपानले समेत यौनिक परिपक्ता ल्याउनमा भूमिका खेलेको छ । खानामा विषादीको प्रयोग, एन्टिबायोटिक्सको प्रयोग अधिक हुने भएकाले त्यसले शरीरमा हर्मोनल गडबडी ल्याएको छ ।

बोइलर कुखुरालाई छिटो बढ्नका लागि दिने दानापानीमा प्रयोग गरिने एन्टिबायोटिक्स लगायतका तत्व त्यही कुखुराको मासुको माध्यामबाट बालबालिकाको शरीरमा प्रवेश गरेको छ । सागपात, फलफूल छिटै ठूलो बनाउन, छिटो पकाउन प्रयोग गरिने औषधीहरुको सोझो असर समेत बच्चाहरुको स्वास्थ्यमा परेको छ । यसले उनीहरुमा यौनिक परिपक्कता बढ्दै गएको बताइन्छ ।

अहिलेका बच्चाहरुले मोवाइल, ल्यापटप, टिभी आदि माध्यामबाट यौनजन्य सामाग्री सहजै हेर्न सक्छन् । सानै उमेरमा उनीहरु यौनजन्य श्रव्यदृश्य सामाग्रीमा रमाउन थालिसकेका पाइन्छ । यसल किसिमको सामाग्रीले पनि उनीहरुमा यौनजन्य कृत्य गर्न उक्साइरहेको छ ।

अब के गर्ने त ?

जुन हिसाबले यौनिक परिपक्कता बढ्दैछ, त्यसलाई स्वभाविक प्रक्रियाको रुपमा बुझाउनका लागि अभिभावक नै अग्रसर हुनुपर्ने छ ।
बच्चालाई सानै उमेरमा यौनका बारेमा सही र तथ्यपरक जानकारी दिनुपर्छ । उनीहरुमा हुने शारीरिक परिवर्तनका बारेमा बुझाउनुपर्छ । मासिक श्राव होस् वा प्रजनन अंगको परिवर्तन, बच्चाहरुलाई त्यसको स्वभाविक प्रक्रियाबारे खुलस्त जानकारी दिनुपर्छ । आमाबुवाले छोराछोरीसँग मित्रवत् व्यवहार गर्ने, घुलमिल हुने, उनीहरुको मनोदशा बुझ्ने प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment