Comments Add Comment

कोरोना विरुद्धको लडाइमा आमिरको सहयोग

कोरोना विरुद्धको लडाइमा बलिउडका कलाकारहरुले पनि सरकारलाई साथ दिइरहेका छन् । सरकारलाई मात्र नभएर, दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसहरुको सहयोगमा पनि बलिउडका स्टारहरु अगाडि आएका छन् ।

नायक साहरुख खान, सलमान खान, अक्षय कुमार लगायतका स्टारहरुले सहयोगलागि हात अगाडि बढाइसकेका छन् ।

अब, बलिउड नायक आमिर खानले पनि कोरोना विरुद्धको लडाइमा सहयोगको हात अगाडि बढाएका छन् ।

आमिरले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको भारतीय मिडियामा उल्लेख छ । यस्तै, उनले महाराष्ट्रका मुख्यमन्त्रीको राहत कोषमा पनि सहयोग गरेका छन् ।

यो बोहक आमिरले, चलचित्रमा काम गर्ने मजदुरका लागि केही एनजीओसँग मिलेर सहयोग गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आमिर अहिले चलचित्र ‘लाल सिंह चड्डा’को काममा व्यस्त छन् । तर, कोरोना संक्रमण फैलिएसँगै बलिउडका सबै चलचित्रको छायांकन बन्द भएको छ । आमिरको चलचित्रको छायांकन पनि स्थगित भएको छ ।

आमिरले, आफू अभिनित चलचित्र लाल सिंह चडडामा काम गरिरहेका मजदुरहरुका लागि पनि सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment