Comments Add Comment

बारम्बार भोक : कारण अरुपनि हुनसक्छ

भरपेट खाना खाएको धेरै समय भएको छैन । पेटमा खाना पच्न पाएकै छैन । फेरी के खाउँ, के खाउँ भइरहन्छ । खानेकुरा सम्झनसाथ मनमा मुखमा पानी आउँछ । भोक लागे झै हुन्छ । किन होला ?

सामान्य अवस्थमा एक पटक खाना खाइसकेपछि लामो समय हामीलाई भोक लाग्दैन । खानेकुराको तलतल पनि लाग्दैन । तर, क्षण–क्षणमा भोक लागिरहन्छ भने त्यो स्वभविक होइन । यसमा विभिन्न कारण हुनसक्छ । जस्तो शरीरमा प्रोटिनको कमी भएमा, पानीको मात्रा पर्याप्त नभएमा, अनिद्रा, खराब खानपान शैली ।

६ देखि ८ घन्टासम्म सुतिसकेपछि शरीरलाई फेरि उर्जा प्राप्त गर्न खाद्यपदार्थको आवश्यकता पर्छ । बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ जसले गर्दा दिनभर भोक लागिरहँदैन । यदि आफ्नो नास्तामा प्रोटिनयुक्त वस्तुहरु समावेश गरियो भने बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रोटीन र फाइबरको कमी भएमा

हामीले गर्ने भोजनमा सही परिमाणमा प्रोटीन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महसुस भइरहन्छ । जब प्रोटिन र फाइबरयुक्त भोजन गर्छौं, त्यतिबेला पेटबाट यस्तो हार्मोन्स निस्किन्छ, जसले भोकलाई शान्त गरिदिन्छ ।

क्यालोरीको अभाव

शरीरलाई सम्पूर्ण आहाराको आवश्यकता हुन्छ । यस्तोमा ‘फिगर कन्सस’ भएर महिलाहरु क्यालोरी कम भएको खाना खाने गर्छन् । यस्तो खानेकुरा शरीरका लागि हानिकारक हुन्छ । शरीरमा पर्याप्त मात्रामा क्यालोरीको त्यति नै आवश्यकता हुन्छ जति अन्य पौष्टिक तत्वको । क्यालोरीरहित खानेकुरा खाइयो भने शरीरमा यसको कमि यथावत रहन्छ र सदैव भोक लागिरहन्छ ।

अनिद्रा

भनिन्छ कि निद्रा हरेक रोगको औषधि हो । सातदेखि आठ घन्टाको पर्याप्त निद्राले तपाईंलाई स्वस्थ मात्र होइन, सुन्दर र उर्जावान पनि बनाइराख्छ । पर्याप्त निदाइएन भने शरीर थाकिरहेको हुन्छ र त्यस थकानलाई मेटाउनका लागि पर्याप्त उर्जाको आवश्यकता हुन्छ जुन भोजनबाट प्राप्त हुन सक्छ । उर्जा नहुँदा बारम्बार भोक लागिरहन्छ । एकपटक उर्जा प्राप्त भयोउ भने लगातार भोकको समस्या रहँदैन ।

खराब खानपान शैली

हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ । बिस्तारै बिस्तारै चबाएर खाने गरौं । यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ । त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment