+
+

हाम्रो स्यानिटाइजर नक्कली हैन : कायाकल्प उद्योग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते १६:००

२६ चैत, काठमाडौं । विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ’ भन्ने समाचार आइरहेकोमा हाम्रो कम्पनी नेपाल कायाकल्प उद्योगको गम्भीर ध्यानाकर्षण जनाएको भएको छ । समाचारमा जनाइए अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर नक्कली नभएको दाबी कम्पनीको छ ।

‘उद्योगबाट विभिन्न कस्मेटिक सामग्रीका उत्पादनका साथै इनस्टेण्ड हेन्डेड स्यानिटाइजर रिप्याकिङ हुँदै आएको छ । घरेलु तथा साना उद्योगमा दर्ता भएको यस कम्पनीले रिप्याकिङ गरेको सेनिटाइजरको लेबलमा प्रिन्ट त्रुटि भई केही लेवलहरुमा इथानोल हुनुपर्नेमा मिथानोल भएको कारणले औषधि व्यवस्था विभागले परीक्षणका लागि प्रयोगशालामा लगेको छ,’ कम्पनीले भनेको छ ।

प्रिन्ट गलत भएपनि स्यानिटाइजरको गुणस्तरमा कुनै पनि फरक नभएकाले कोही पनि भ्रममा नपर्न अनुरोध गरिएको छ । लेवलमा प्रिन्ट त्रुटि भएका स्याम्पल कम्पनीले बजारबाट उठाइरहेको कुरा समेत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?