Comments Add Comment

डोटीबाट ३२६ जनाको नमुना संकलन

डोटीबाट संकलित नमूना हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

२६ चैत, डोटी । डोटी जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका तीन सय पाँचसहित तीन सय २६ जनामा थ्रोट स्वाब संकलन गरिएको छ ।

कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण गर्न नेपाली सेनाको अगुवाईमा स्वाब संकलन गरिएको हो । क्वारेन्टाइनको सुरक्षामा खटिएका ११ सुरक्षाकर्मी, खाना बनाउन राखिएका ३ र अन्य ७ जना पनि  स्वाब संकलन गरिएको छ ।

त्यसका लागि स्वास्थ्यकर्मीहरुको छ वटा टोली खटाइएको थियो । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलकाअनुसार दीपायल सिलगढी नगरपालिका–४ राजपुरमा पूर्वीचौकी गाउँपालिका, केआईसिंह गाउँपालिका र दीपायल सिलगढी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनाको स्वाब संकलन गरिएको छ ।

यो टोलीको नेतृत्व सुदूरपश्चिम प्रहरी अस्पतालका चिकित्सक डा. वविता गजमेरले गरेकी थिइन्।

यस्तै, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी केन्द्र र बोगटान फुडसिल गाउँपालिका ६७ जनाको स्वाब संकलनका लागि केदारआकडा प्राथमिक स्वास्थ्य केन्द्रका डा. घनश्याम भट्टको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली खटाइएको थियो ।

यसैगरी, बडीकेदार गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३४ र जोरायल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका सात जना गरी ४१ जनाको स्वाब संकलन गर्न जिल्ला अस्पतालका डा. राजीव न्यौपाने नेतृत्वको टोली वीपीनगर पुगेको थियो ।

आदर्श गाउँपालिका र सायलगाउँपालिकाको क्वारेन्टाइनमा रहेका ७३ जनाको स्वाब संकलन गर्न डा. समिकराज सिंहको टोली आदर्शको मौवामा खटिएको थियो । शिखर नगरपालिकाको धुर्कोट र आलीको क्वारेन्टाइनमा रहेका ४६ जनाको धुर्कोटमा नेपाली सेनाका उपसेनानी डा. यमुना थापा नेतृत्वको टोलीले स्वाब संकलन गरेको छ ।

शिखर १० सिद्धेश्वर माविमा १५ जना र शिखर नगरपालिका–१० मण्टा आधारभूत विद्यालय बोरागाउँमा १५ जनाको स्वाब संकलन गर्न डोटी जिल्ला अस्पतालका डा. समीक्षा रावतको टोली खटिएको प्रजिअ पौडेलले जानकारी दिए ।

बुधबार बिहान स्वास्थ्य सामग्री लिएर आएको कैलाश एयरको हेलिकप्टरले स्वास्थ्यकर्मीहरुलाई स्वाब संकलन स्थलमा पुर्‍याएको नेपाली सेना रुद्रध्वज गण डोटीका प्रमुख सेनानी रत्नकेशर खड्काले जानकारी दिए ।

संकलित नमुना हेलिकोप्टरबाट धनगढी ल्याइएको छ । त्यहाँबाट काठमाडौं ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment