+
+

लकडाउनमा रक्सी बिक्री गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २१:१२

२६ चैत, जनकपुरधाम । जिल्लाको जनकनन्दनी नगरपालिका–४, खजुरीस्थित एक किराना पसलमा रक्सी बिक्री भएको भेटिएको छ । रक्सी बिक्री गरिरहेको पाइपछि एक जना पक्राउ परेका छन् ।

रक्सी बिक्री गर्ने सुरेश जनरल स्टोरका सञ्चालक सुरेश साह पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय। खजुरीका प्रमुख प्रहरी निरीक्षक हीरेन्द्र रोकायाले बताए ।

उनीबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?