Comments Add Comment

बेन स्टोक्सलाई विजडम क्रिकेटर अवार्ड

काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले विजडम लिडिङ क्रिकेटर अफ दी वर्ल्ड २०२० को अवार्ड जितेका छन् । सन् २००५ पछि विजडम क्रिकेटर अफ दी वर्ल्डको अवार्ड जित्ने उनी पहिलो इंग्लिस क्रिकेटसमेत हुन् ।

गत जुलाईमा घरेलु मैदानमा भएको ओडिआई वर्ल्डकप जिताउन महत्वपूर्ण भूमिका खेलेका स्टोक्स न्यूजिल्याण्डविरुद्ध फाइनलमा म्यान अफ दि म्याच घोषित भएका थिए । फाइनलमा उनले अविजित ८४ रन बनाएका थिए ।

२८ वर्षीय स्टोक्सले अष्ट्रेलिया विरुद्ध हेडिङलेमा भएको एसेस टेष्टमा इंग्ल्याण्डलाई १ विकेटको रोमाञ्चक जित दिलाउन अविजित १३५ रन बनाएका थिए । उनले ज्याक लिचसँग दशौँ विकेटका लागि अविजित ७६ रनको साझेदारी गरेका थिए ।

पछिल्लो पटक इंग्ल्याण्डका एन्ड्रु फ्लिन्टोफले यो अवार्ड जितेका थिए । यस्तै भारतीय कप्तान विराट कोहलीले पछिल्लो लगातार तीन वर्ष यो अवार्ड जितेका थिए ।
यस्त लिडिङ वुमन क्रिकेटर अफ दि वर्ल्डको अवार्ड अष्ट्रेलियन एलिस पेरीले प्राप्त गरिन् ।

यस्तै विजडम फाइभ क्रिकेटर्स अफ दि इअरको अवार्ड इंग्ल्याण्डका जोफ्रा आर्चर, अष्ट्रेलियाका प्याट कमिङस, एलिस पेरी र सिमनो हार्मरले प्राप्त गरेका छन् ।

यसैगरी वेष्ट इन्डिसका अलराउण्डर आन्द्रेस रसेलले लिडिङ टि-२० क्रिकेटर अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment