+
+

लकडाउनको नियम उल्लंघन गर्ने दक्षिण अफ्रिकाका मन्त्री दुई महिना निलम्बनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २२:४३

२६ चैत, काठमाडौं । दक्षिण अफ्रिकामा लकडाउनको नियम उल्लंघन गरेपछि क्याबिनेट मन्त्री दुई महिनाको लागि निलम्बनमा परेकी छिन् ।

रोयटर्सकाअनुसार कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि सरकारले गरेको लकडाउन उल्लंघन गरेपछि सञ्चारमन्त्री स्टेला एन्दाबेन अब्राहम्सलाई राष्ट्रपति काइरिल रामाफोसाले दुई महिना बेतलबी बिदा दिने निर्णय गरेका हुन् ।

लकडाउनको क्रममा अब्राहम्सले एक सांसद एम्दुदुजी मनानासँग बाहिर खाना खाइरहेको तस्वीर सामाजिक सञ्जालमा फैलिएको थियो । यो तस्वीर फैलिएसँगै उनी चर्चामा आएकी थिइन् ।

दक्षिण अफ्रिकामा गत मार्च २७ देखि २१ दिने लकडाउन लगाइएको छ । यो अवधिमा सबै मानिसहरुलाई घरमा नै बस्न भनिएको छ । लकडाउनको शुरुवातमा यो नियम उल्लंघन गर्ने १७ हजार मानिस प्रक्राउ परेका थिए ।

अत्यावश्यक सामग्री खरिदको लागि मात्र उनीहरुलाई बाहिर जाने अनुमति छ । रामाफोसाकी प्रवक्ताले कानूनभन्दा माथि कोही पनि नभएको भन्दै राष्ट्रपतिले दुई महिनाको लागि उनलाई पदबाट हटाएको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरिएको एक भिडियोमा आफ्नो यो कार्यप्रति सञ्चारमन्त्री अब्राहम्सले गल्ती स्वीकार गर्दै क्षमायाचना पनि गरेकी छिन् । यसअघि लकडाउनको नियम उल्लंघन गरेका न्युजिल्याण्डका स्वास्थ्यमन्त्री पनि घटुवामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?