Comments Add Comment

कोरोनाले अमेरिकामा थप एक नेपालीको मृत्यु

२७ चैत, अमेरिका । कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

ङिमाको बुधबार बिहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले बताएको छ ।

उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् ।

शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment