Comments Add Comment

केकीका लागि सुखद वर्ष २०७६

वर्ष २०७६ हामीबाट बिदा हुन अब केही दिन मात्र बाँकी छ । चैत्रको दोश्रो सातादेखि सुरु भएको लकडाउनका कारण यसबर्षको नयाँ वर्ष नेपालीहरुको घर भित्रै बित्नेछ ।

यो वर्ष नेपाली चलचित्रको लागि पनि औषत देखियो । ५ वटा चलचित्रले लगानी उठाएपनि अरु चलचित्रका निर्माता घाटामा गए ।

यो वर्ष सर्वाधिक कमाई गरेको चलचित्र हो, ‘छ माया छपक्कै’ । यो चलचित्रको मुख्य भूमिकामा नायिका केकी अधिकारीले काम गरेकी थिइन् ।

नायिका अधिकारीको करिअरकै पहिलो सुपरहिट चलचित्र बन्यो, ‘छ माया छपक्कै’ । त्यसैले पनि उनका लागि यो वर्ष सुखद बन्यो भन्न सकिन्छ ।

हुनत, उनी अभिनित चलचित्र ‘रातो गलबन्दी’ पनि यो वर्ष नै रिलिज भयो । तर, यो चलचित्र रिलिज भएको नै दर्शकले थाहा पाएनन् ।

केकी अभिनित केही चलचित्र रिलिजका लागि पाइपलाइनमा छन् । जसलेगर्दा, आउँदो वर्ष उनका लागि सुखद बन्ने अपेक्षा गर्न सकिन्छ । केकीको समेत लगानी रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ पनि यो वर्ष हिट बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment