+
+
Shares

२३ हजार मजदुरलाई सलमानले पठाए ३–३ हजार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते १३:४२

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भारत लकडाउनमा छ । लामो समयदेखि लकडाउन हुँदा बलिउड चलचित्रमा काम गर्ने मजदुरहरुको दैनिक जीवन समस्यामा छ ।

यसैले, ती मजदुरहरुको सहयोगका लागि बलिउडका कलाकार अगाडि आएका छन् । यसमा नायक सलमान खानको नाम पनि सबैभन्दा अगाडि आउँछ ।

अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने २३ हजार मजदुरलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

जसअनुसार, उनले पहिलो चरणमा हरेक मजदुरको खातामा ३–३ हजार नगद पठाएका छन् ।

सलमानले केही दिनपछि फेरि रकम पठाउने बताएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले भारतीय मिडियालाई जानकारी दिएका छन् ।

सलमानले यो महिनाको ७ तारिखमा पहिलो चरणको रकम पठाएका थिए । सलमानले, यो संघसँग मजदुरहरुको सूची मागेका थिए ।

उनका अनुसार, सलमानले मजदुरहरुको सूची मागेपछि संघले २३ हजार मजदुरको नाम पठाएको थियो । यो संघले अहिलेसम्म ३ करोड सहयोग पाएको पनि तिवारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?