+
+
Shares

कालोबजारीको आरोप लागेका अग्रवालको पद खारेज

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते १५:०७

२७ चैत, काठमाडौं । सरकारले नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ।

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

शंकर ग्रुपका सञ्चालकसमेत रहेका अग्रवाललाई स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ ।

बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?