Comments Add Comment

जनप्रतिनिधिको गुनासो– आँखाले देखुञ्जेलको जग्गा मेरो भन्छन्, राहत छोड्दैनन्

२७ चैत बिराटनगर । कोरोना भाइरस महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा गरिब समुदायलाई स्थानीय सरकारहरुले राहत वितरण गरिरहेका छन् ।

कतिपय स्थानमा आवश्यकता भएका व्यक्ति राहत पाउन छुटेका छन् भने कतै सम्पन्न व्यक्तिले पनि राहत पाएका छन् ।

राहत संकलनका लागि स्थानीय पालिकाहरुले विपन्नको लगत संकलन गरेका छन् । यसरी लगत संकलन गर्दा सम्पन्न व्यक्तिले पनि राहत माग गरेको मोरङको कानेपोखरी गाउँपालिका–२ का वडा अध्यक्ष सुशील बुढाथोकीले अनलाइनखबरलाई बताए ।

‘तथ्याङक संकलन गर्दा स्थानीयबाट असहयोग भयो,’ उनी भन्छन् ‘आँखाले देखुञ्जेलीको जग्गा मेरै हो भन्ने पनि भेटिए, तर राहत चाहिएन भन्ने भेटिएनन् ।’

गाउँपालिकामा विपन्न नागरिकका लागि वितरण गर्नुपर्ने राहतमा खान पुग्ने र सम्पन्न परिवारले पनि दाबी गरेको उनको भनाइ छ । ग्रामीण तहमा विपन्नले पाउनुपर्ने राहतमा हुनेखानेले दाबी गर्दा समस्या आएको उनले बताए ।

सबैले राहतमा दाबी गरेका कारण विपन्न र अति विपन्न परिवारको पहिचान गर्न समस्या भएको उनले बताए । तथ्यांक संकलनका क्रममा सही सूचना दिन सबैले आनाकानी गरेको उनले जानकारी दिए ।

‘समस्या नभएकाले पनि भोट चाहिँदैन भन्दै राहत माग्छन्,’ उनी भन्छन् ‘सरकारले दिने राहत पाउनुपर्छ भन्ने मान्यता छ ।’

कानेपोखरी गाउँपालिकामा दुई हजार २ सय विपन्न परिवारको लगत संकलन भएको छ । तीमध्ये पहिलो चरणमा एक हजार ३५ जनालाई राहत वितरण गरिँदैछ ।

वडाध्यक्ष बुढाथोकीको वडामा भने २५० जनाले पहिलो चरणमा राहत पाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment