+
+
Shares

विद्युत प्राधिकरणले फिल्डमा खटिने कर्मचारीलाई थप सुविधा दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते १६:५३

२७ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लकडाउन अवधिभर फिल्डमा खटिने कर्मचारीका लागि खाइपाइ आएको तलब सुविधामा अतिरिक्त सुविधा दिने घोषणा गरेको छ ।

प्राधिकरणले नो लाइट, मिटर सिकायत र मर्मत सम्भारको कार्यका लागि फिल्डमा खटिने कर्मचारीलाई सुरु तलबको ५० प्रतिशत र प्रशारण निर्देशनालयअन्तर्गत ग्रिडमा कार्यरत फिल्डमा खटिने मर्मत सम्भार टिमका कर्मचारीलाई ३० प्रतिशत थप भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार चैत १० देखि लकडाउन अवधिभर सुरु तलबमा उक्त अतिरिक्त सुविधा दिने निर्णय भएको हो ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले फिल्डमा खटिने कर्मचारीहरु कार्यालय बाहिर गएर काम गर्दा कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहने भन्दै मास्क, पञ्जा, सेनिटाइजर जस्ता सुरक्षा सामग्री समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?