Comments Add Comment

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविर क्षेत्रमा लकडाउन

२७ चैत, काठमाडौं । बंगलादेशले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि दक्षिणी जिल्ला कोक्स बजार डिस्ट्रिकमा लकडाउनको निर्णय गरेको छ । बीबीसीकाअनुसार यो क्षेत्रमा १० लाखभन्दा बढी म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको बसोवास छ ।

अधिकारीहरुकाअनुसार यो जिल्लामा कसैलाई पनि प्रवेशको अनुमति दिइएको छैन । अहिलेसम्म शरणार्थी शिविरमा कुनै संक्रमित फेला परेका छैनन् । तर, यो क्षेत्रमा संक्रमण फैलिए रोक्न निकै कठिन हुने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

सन् २०१७ मा म्यानमारमा भड्किएको हिंसापछि धेरै रोहिंग्याहरु भागेर बंगलादेश आइपुगेका छन् । त्यसबेला सात लाख ५० हजार भन्दा धेरै शरणार्थी बंगलादेश प्रवेश गरेका थिए । जबकी त्यसअघि नै उल्लेख्य मात्रामा शरणार्थी बंगलादेशमा थिए ।

बंगलादेशमा संक्रमितको संख्या बढेसँगै यो क्षेत्रलाई सुरक्षित राख्न लकडाउनको निर्णय गरिएको हो । पछिल्लो पाँच दिनमा बंगलादेशमा समग्र संक्रमितको संख्या दोब्बर बढेको छ । साथै २० जनाको मृत्यु पनि भएको छ । यो लकडाउन कडाइका साथमा कार्यान्वयन गरिने अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment