+
+
Shares

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

टोपराज शर्मा टोपराज शर्मा
२०७६ चैत २६ गते १८:००

२६ चैत, बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो ।

‘अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाँजिर हुनुभएको थिएन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले भने, ‘सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभयो ।’

हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । सामाजिक विकासमन्त्री बरालले सिङ्गो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर बिरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको स्वीकार गरे ।

‘सुत्केरी, काजकिरिया, बिरामी बाहेकका बिदा स्वीकृत नगर्न र विनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरुलाई हटाउन निर्देशन दिएको छु’, मन्त्री बरालले अनलाइनखबरसँग भने, ‘सबै अस्पतालबाट दैनिक हाँजिरी मगाएर हेरिएको छ, अनुपस्थित हुनेलाई एकपटक स्पष्टीकरण सोधिन्छ र चित्तबुझ्दो जवाफ नआए बर्खास्त गरिन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?