+
+

स्वास्थ्य मन्त्रालयको चेतावनी– उपचारमा बाधा पुर्‍याउने डाक्टरको लाइसेन्स खारेज हुन सक्छ

कोरोनाको उपचारबारे जथाभावी बोले कारबाही गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २०:५३

२१ चैत, काठमाडौं । अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड–१९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।

स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै स्वास्थ्यकर्मीलाई उपचार सेवालाई सहज रुपमा अघि बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरेको छ ।

मन्त्रालयले कोभिड-१९ तथा अन्य स्वास्थ्य सेवामा बाधा पुग्नेगरी गतिविधिमा लागेको पाइए भविष्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने तथा उनीहरुको पेशागत लाइसेन्ससमेत खारेज हुने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?