Comments Add Comment

काठमाडौंबाट घर जान दिने निर्णयमा मुख्यमन्त्रीको असन्तुष्टि

‘लकडाउनको अर्थ लकडाउन नै हो, बरु बेखर्चीलाई राहत देऊ'

२७ चैत , बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारको निर्णयको असन्तुष्टि जनाएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको केहीबेरमै उनको असन्तुष्टि बाहिर आएको हो।

उनले फेसबुकमा लेखेका छन् ‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देऊ ।’

लकडाउनको अर्थ लकडाउन हुने भएकाले पूर्ण कार्यान्वन हुनुपर्ने र बरु खर्च नभएर अभाव झेलेकालाई राहत दिनुपर्ने उनको भनाइ छ ।

उनले प्रदेश ५ का नागरिकलाई बैशाख ३ सम्म जहाँ छौँ त्यहीँ बस्नसमेत अनुरोध गरेका छन् । त्यसपछि आवश्यकता हेरेर हिँड्ने व्यवस्था मिलाउने समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment