Comments Add Comment

सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ

२७ चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री तथा मन्त्री लगायतका व्यक्तिहरुविरुद्ध अफवाह फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क १ स्थायी घरभई हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका चुनीखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ स्थायी घरभई सोही ठाउँ बस्ने ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले बेग्ला बेग्लै स्थानबाट दुबै जनालाई बिहीबार नियन्त्रणमा लिएको हो ।

नाछिरिङले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री लगायतका मन्त्रीरुको फोटो प्रयोग गरी अमर्यादित कार्य गरेकाले पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । श्रेष्ठले भने प्रधानमन्त्रीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने काम गरेकोले उनलाई पक्राउ गरिएको अर्यालले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment